कसिलो बलिङ गरेको जनकपुरसामू सुदूरपश्चिमको सामान्य लक्ष्य, बनेन कुनै अर्धशतक

बिजमाण्डू
२०८३ कात्तिक २४ गते १८:५० | Nov 10, 2026
कसिलो बलिङ गरेको जनकपुरसामू सुदूरपश्चिमको सामान्य लक्ष्य, बनेन कुनै अर्धशतक
जनकपुरसामू सुदूरपश्चिमको ब्याटिङ संघर्ष। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू


काठमाडौं। सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामू १२१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रनमा समेटिएको हो।

GBIME
Tata

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको सुदुरपश्चिमका ओपनर द्वय विनोद भण्डारी र सैफ जैब समान १० रन बनाएर पभेलियन फर्किएका थिए।

तेस्रो नम्बरमा आएका ब्राण्डन म्याकमुलनले ३३ रन बनाए पनि इशान पाण्डे र कप्तान दीपेन्द्रसिंह ऐरी क्रमश ३ र १ रनमा आउट भए। यसबाहेक थारिन्दु रत्नायकेले अविजित २७ रन बनाउँदा आरिफ शेखले ११ रन बनाए। अन्य ब्याटर चल्न सकेनन्।

बलिङमा जनकपुरका हरमीत सिंहले ४ विकेट लिँदा ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान १ विकेट लिए

जनकपुर जवाफी ब्याटिङमा उत्रिँदैछ।

भोली भाइटीका भए पनि आज स्टेडियममा टिकट सोल्डआउट छ र दर्शकहरुको भव्य उपस्थिति छ।

प्रतिस्पर्धामा जनकपुर र सुदूरपश्चिमका खेलाडी।

पहिलो संस्करणको फाइनलमा यी दुई टोली भिड्दा जस्तो समर्थकको उपस्थित थियो, त्यस्तै उपस्थिति आज पनि देखिन्छ। यी दुई टोली एनपीएलमा सबैभन्दा ठूलो फ्यानबेस भएका टोली मध्येमा पर्छन्।

सुदूरपश्चिम र जनकपुरको खेल हेर्न आएका समर्थक