भाइटीकाको अघिल्लो दिन एनपीएलको उल्लास, स्टेडियममा भरिएका छन् समर्थक

सुशील श्रेष्ठ
२०८३ कात्तिक २४ गते १८:२६ | Nov 10, 2026
भाइटीकाको अघिल्लो दिन एनपीएलको उल्लास, स्टेडियममा भरिएका छन् समर्थक
सुदूरपश्चिम र जनकपुरको खेल हेर्न आएका समर्थक


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको खेल भइरहेको छ। भोली भाइटीका भए पनि आज स्टेडियममा टिकट सोल्डआउट छ र दर्शकहरुको भव्य उपस्थिति छ।

GBIME
Tata
प्रतिस्पर्धामा जनकपुर र सुदूरपश्चिमका खेलाडी।

पहिलो संस्करणको फाइनलमा यी दुई टोली भिड्दा जस्तो समर्थकको उपस्थित थियो, त्यस्तै उपस्थिति आज पनि देखिन्छ। यी दुई टोली एनपीएलमा सबैभन्दा ठूलो फ्यानबेस भएका टोली मध्येमा पर्छन्।

सुदूरपश्चिम र जनकपुरको खेल हेर्न आएका समर्थक

मैदानमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ गरिरहेको छ। आजको दिन एउटैमात्रै खेलको तालिका थियो।

सुदूरपश्चिम र जनकपुरको खेल हेर्न आएका समर्थक

अंकतालिकामा सुदूरपश्चिम ६ अंकसहित तेस्रो स्थानमा छ भने जनकपुर ४ अंकसहित पाँचौँ स्थानमा छ।