आइसीएफसी फाइनान्सको सीइओमा अमित श्रेष्ठ नियुक्त, ४ वर्ष नेतृत्व सम्हाल्ने

बिजमाण्डू
२०८३ कात्तिक २० गते ११:४२ | Nov 6, 2026
आइसीएफसी फाइनान्सको सीइओमा अमित श्रेष्ठ नियुक्त, ४ वर्ष नेतृत्व सम्हाल्ने


काठमाडौं। आइसीएफसी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा (सीइओ)मा अमित श्रेष्ठ नियुक्त भएका छन्।

GBIME
Tata

फाइनान्सको सञ्चालक समितिको बिहीबार बसेको बैठकले श्रेष्ठलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई शुक्रबारदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ। उनी यसअघि कम्पनीमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।

श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर एमबीए गरेका छन्।