काठमाडौं। आइसीएफसी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा (सीइओ)मा अमित श्रेष्ठ नियुक्त भएका छन्।
फाइनान्सको सञ्चालक समितिको बिहीबार बसेको बैठकले श्रेष्ठलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।
उनलाई शुक्रबारदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ। उनी यसअघि कम्पनीमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।
श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर एमबीए गरेका छन्।