एनआइसी एसिया बैंकले १:०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, सेबोनले दियो अनुमति

बिजमाण्डू
२०८३ कात्तिक १८ गते १२:०२ | Nov 4, 2026
एनआइसी एसिया बैंकले १:०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, सेबोनले दियो अनुमति


काठमाडौं। एनआइसी एसिया बैंकले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार बैंकलाई चुक्ता पुँजीको १:०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो।

GBIME
Tata

एनआइसीको चुक्ता पुँजी अहिले १४ अर्ब ९१ करोड रुपैयाँ छ। बैंकले अब चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल छ। पुँजी कोषमा दबाबका कारण व्यवसाय विस्तार गर्न कठिन भएपछि बैंकले हकप्रद सेयर निष्कासनबाट पुँजी जुटाउन लागेको हो।