काठमाडौं। एनआइसी एसिया बैंकले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार बैंकलाई चुक्ता पुँजीको १:०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो।
एनआइसीको चुक्ता पुँजी अहिले १४ अर्ब ९१ करोड रुपैयाँ छ। बैंकले अब चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल छ। पुँजी कोषमा दबाबका कारण व्यवसाय विस्तार गर्न कठिन भएपछि बैंकले हकप्रद सेयर निष्कासनबाट पुँजी जुटाउन लागेको हो।