न्यूरोड र इन्द्रचोकमा तिहारको चहलपहल सुरु, ग्राहक तान्न पसलपिच्छे सेल (तस्वीरहरु)

रिसिका श्रेष्ठ
२०८३ कात्तिक १८ गते ११:२८ | Nov 4, 2026
न्यूरोड र इन्द्रचोकमा तिहारको चहलपहल सुरु, ग्राहक तान्न पसलपिच्छे सेल (तस्वीरहरु)


काठमाडौं । तिहार सुरु हुन अब केही दिनमात्र बाँकी छ। आउने शनिबारबाट सुरु हुने तिहारका लागि अहिले बजारमा तयारी सुरु भइसकेको छ।

GBIME
Tata

इन्द्रचोक र न्यूरोड क्षेत्रमा किनमेलको चहलपहल पनि देख्न सकिन्छ। व्यवसायीहरुले पसलहरु बत्तीले सजाउन थालिसकेका छन्।

साँझको समयमा किनमेल गर्न पुग्नेको घुइँचो पनि लाग्न सुरु भएको छ। तिहारकै लागि भनेर व्यवसायीहरुले अफर र सेल पनि संचालन गरेका छन्।