काठमाडौं । तिहार सुरु हुन अब केही दिनमात्र बाँकी छ। आउने शनिबारबाट सुरु हुने तिहारका लागि अहिले बजारमा तयारी सुरु भइसकेको छ।
इन्द्रचोक र न्यूरोड क्षेत्रमा किनमेलको चहलपहल पनि देख्न सकिन्छ। व्यवसायीहरुले पसलहरु बत्तीले सजाउन थालिसकेका छन्।

साँझको समयमा किनमेल गर्न पुग्नेको घुइँचो पनि लाग्न सुरु भएको छ। तिहारकै लागि भनेर व्यवसायीहरुले अफर र सेल पनि संचालन गरेका छन्।














