काठमाडौं। पोखरा एभेन्जर्सले लुम्बिनी लायन्स सामू झिनो लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रनमा समेटिएको हो।

कमजोर ब्याटिङ गर्ने क्रममा पोखराका ओपनर अर्जुन कुमाल डकआउट हुँदा कप्तान कुशल भुर्तेल पनि १४ रनमै पभेलियन फर्किए। पोखराका लागि चमिका करुणारत्नेले २५ तथा मेहदी हसनले १३ रन र किरण ठगुन्नाले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रननै जोडेनन्।

प्रभावशाली बलिङ गर्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलमेनले सर्वाधिक ३ विकेट लिँदा तिलक भण्डारीले २ तथा शेर मल्ल, अभिषेश गौतम र रोहित पौडेलले समान १ विकेट लिए।

पोखरा जवाफी ब्याटिङमा उत्रिँदैछ।










