काठमाडौं। माछापुच्छ्रे बैंकले नाफा बढाएको छ। आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा बैंकको नाफा २२.३० प्रतिशतले बढेर ५५ करोड ११ लाख रुपैयाँ पुगेको छ।
पोहोर सोही अवधिमा बैंकको यस्तो नाफा ४१ करोड ७९ लाख रुपैयाँ रहेको थियो।
खुद ब्याज आम्दानी बढेर प्रोभिजनिङ घट्दा नाफा बढेको हो। असोज मसान्तसम्म बैंकले २१ करोड १२ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। पोहोर सोही अवधिमा यस्तो नोक्सानी ४६ करोड ८ लाख रुपैंयाँ थियाे।
बैंकको खुद ब्याज आम्दानीमा १५.८६ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४५ करोड रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा बढेर १ अर्ब ६८ करोड पुगेको छ।
बैंकको कुल निष्क्रिय कर्जा (एनपीएल) गत आर्थिक वर्षको पहिलो त्रैमासको ४.१३ प्रतिशतको तुलनामा केही घटेर ३.९७ प्रतिशत आएको छ।
बैंकको कोषको लागत (कस्ट अफ फन्ड) ४.३ प्रतिशतबाट घटेर ३.१४ प्रतिशतमा र औसत आधार दर (बेस रेट) ५.८१ प्रतिशतबाट झरेर ४.९२ प्रतिशतमा पुगेको छ। बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) भने ७७.९३ प्रतिशत छ।
बैंकको वार्षिकीकरण गरिएको प्रति सेयर आम्दानी (ईपीएस) १७.७१ रुपैयाँ र पुँजी पर्याप्तता अनुपात ११.७६ प्रतिशत कायम भएको छ। असोजसम्म बैंकको वितरणयोग्य ११ करोड २१ लाख रुपैयाँ देखिएको छ।








