बालेन सरकार बनेपछि १२० कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा

बिजमाण्डू
२०८३ कात्तिक १३ गते १७:४० | Oct 30, 2026
बालेन सरकार बनेपछि १२० कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा


काठमाडौं। बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएयता ठेक्का सम्झौता अनुसार काम नगर्ने १२० वटा कम्पनी कालोसूचीमा परेका छन्।

GBIME
Tata

नयाँ सरकार बनेपछि सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन र प्रक्रिया पालना नगर्ने तथा खरिद कार्यमा जिम्मेवारी पूरा नगर्ने १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको सार्वजनिक खरिद अनुगमन कार्यालयले छ।

बालेनले गत चैत १३ गते सरकारको नेतृत्व सम्हालेका थिए। बालेन सरकारले सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र विश्वसनीय बनाउन सुधारको प्रयासस्वरुप सार्वजनिक खरिद ऐन र नियमावलीमा सशोधन गरेको छ।

त्यसैगरी, ऐन तथा नियमावलीमा भएका परिवर्तनअनुसार वस्तु तथा निर्माण कार्य खरिदका नौ प्रकारका नमूना बोलपत्रसम्बन्धी कागजात (एसबीडी) परिमार्जन गरिएको छ।