गैह्र उत्पादनमूलक उद्योगलाई औद्योगिक क्षेत्रमा कडाइ, ग्यारेज, वर्कशपको सम्झौता नवीकरण नहुने

बिजमाण्डू
२०८३ कात्तिक ११ गते ११:१६ | Oct 28, 2026
गैह्र उत्पादनमूलक उद्योगलाई औद्योगिक क्षेत्रमा कडाइ, ग्यारेज, वर्कशपको सम्झौता नवीकरण नहुने


काठमाडौं। औद्योगिक क्षेत्रभित्र गैह्र उत्पादनमूलक उद्योगलाई कडाइ गरिएको छ।

GBIME
Tata

औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन विनियमावली, २०८३ ले क्षेत्रभित्र सञ्चालन भएका गैह्र उत्पादनमूलक उद्योग, व्यवसायको सम्झौता नवीकरण नहुने व्यवस्था गरेको हो।

यससँगै सवारी साधन मर्मत केन्द्र, सर्भिस सेन्टर, ग्यारेज, वर्कसप लगायतको सम्झौता नवीकरण नहुने भएको छ। तर, आगामी ५ वर्षभित्र उत्पादनमूलक उद्योगमा रूपान्तरण गरे सम्झौता कायम रहने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।

उत्पादनमूलक उद्योगलाई गैह्र उत्पादनमूलक उद्योगमा गाभ्न भने निषेध गरिएको छ। नयाँ विनियमावलीले गैह्र उत्पादनमूलक उद्योग व्यवसयलाई ३ वर्षको समय दिइ प्रवेश शुल्कमा छुट गरी उत्पादनमूलक उद्योगमा परिवर्तन गर्ने अवसर पनि दिएको छ।