काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफा ऋणात्मक देखिएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासम्म लघुवित्तको खुद नाफा २७ करोड ९९ लाख रुपैयाँ ऋणात्मक भएको हो। पोहोर सोही अवधिमा लघुवित्तले ५ करोड ५३ लाख नाफा गरेको थियो।
खराब कर्जा बढेर नोक्सानी थपिँदा लघुवित्तको नाफा प्रभावित भएको हो। असोज मसान्तसम्म लघुवित्तको खराब कर्जा अनुपात २१.७३ प्रतिशत पुगेको छ। गत वर्ष यसै अवधिमा खराब कर्जा १५.७० प्रतिशत थियो।
कर्जा उच्च दरले वृद्धि भएसँगै लघुवित्तको कर्जा नोक्सानी ८ करोड ८३ लाख रुपैयाँबाट बढेर १० करोड २७ लाख पुगेको छ।
साथै, लघुवित्तको ब्याज आम्दानी २७.८३ प्रतिशतले घटेर २८ करोड ८९ लाखमा सीमित भएको छ। लघुवित्तको फि कमिसन आम्दानी भने १८.३५ प्रतिशतले बढेर ४ करोड ४५ लाख रुपैयाँ पुगेको छ।
कर्जा नोक्सानी वृद्धिसँगै लघुवित्तको पुँजीकोष अनुपात थप कम्जोर भएको छ। असोज मसान्तसम्म लघुवित्तको पुँजीकोष अनुपात ९.१७ प्रतिशतमा झरेको छ। पोहोर यसै अवधिमा यस्तो अनुपात १०.२७ प्रतिशत थियो।
लघुवित्तको कष्ट अफ फण्ड (कोष लागत) समेत बढेको छ। पोहोर ६.५५ प्रतिशत रहेको यस्तो लागत अहिले ६.८९ प्रतिशत पुगेको छ। यसै अवधिमा लघुवित्तको वितरणयोग्य नाफा १५ करोड ८१ लाख रुपैयाँ ऋणात्मक छ।









