प्रधानमन्त्री राहत कोषमा हालसम्म १८ अर्ब १३ करोड जम्मा, सहयोग अझै जुट्दै

बिजमाण्डू
२०८३ कात्तिक १० गते ११:३६ | Oct 27, 2026
प्रधानमन्त्री राहत कोषमा हालसम्म १८ अर्ब १३ करोड जम्मा, सहयोग अझै जुट्दै


काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।

GBIME
Tata

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ पुगेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य बैंकमा मौज्दात १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड पाँच लाख ३६ हजार १६९ अमेरिकी डलर पुगेको छ।