एसियन लाइफ इन्स्योरेन्समा राजीनामाको लहर, सीइओपछि बाहिरिए स्वतन्त्र सञ्चालक

बिजमाण्डू
२०८३ कात्तिक १० गते ११:०८ | Oct 27, 2026
एसियन लाइफ इन्स्योरेन्समा राजीनामाको लहर, सीइओपछि बाहिरिए स्वतन्त्र सञ्चालक
हेमबहादुर कार्की


काठमाडौं। एसियन लाइफ इन्स्योरेन्समा राजीनामाको लहर चलेको छ।

GBIME
Tata

प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले राजीनामा दिएको भोलिपल्ट स्वतन्त्र सञ्चालक हेमबहादुर कार्की पनि कम्पनीबाट अलग भएका छन्।

हेमबहादुरले सोमबार दिएको राजीनामा इन्स्योरेन्सको सञ्चालक समितिको मंगलबार बसेको बैठकले स्वीकृत गरेको छ।

२०८२ असार ३० गते सञ्चालक नियुक्त भएका कार्कीले व्यस्तताको कारण देखाएर १५ महिनामै राजीनामा दिएका हुन्।

सीइओ श्रेष्ठले दोस्रो कार्यकालका लागि नियुक्ति पाएको २१ महिनामै दिएको राजीनामा इन्स्योरेन्सको सञ्चालक समितिले मंगलबारबाट लागू हुने गरी सोमबार स्वीकृत गरेको थियो।