स्टाण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, सेयरधनीलाई १६ प्रतिशत नगद प्रतिफल

बिजमाण्डू
२०८३ कात्तिक १० गते १०:५६ | Oct 27, 2026
स्टाण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा, सेयरधनीलाई १६ प्रतिशत नगद प्रतिफल


काठमाडौं। स्टाण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।

GBIME
Tata

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। यो रकम कर प्रयोजनसहित हो। बैंकको चुक्ता पुँजी हाल १० अर्ब ४ करोड २३ लाख रुपैयाँ छ।

बैंकका सेयरधनीले नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश पाउनेछन्। बैंकले पोहोर १९ प्रतिशत नगद लाभांश तथा परार १९ प्रतिशत नगदका साथै ६.५ प्रतिशत बोनस सेयर दिएको थियो।