काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा डिफेन्डिङ च्याम्पियन लुम्बिनीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री बालेन्द्र शाह मैदानमा पुगेका छन्। उनले अम्पायरलाई बल दिँदै एनपीएल उद्घाटन गरे।

लुम्बिनी आज जित निकाल्दै च्याम्पियनको साखलाई निरन्तरता दिने होडमा हुनेछ भने सुदूरपश्चिम अघिल्लो संस्करणको बदला लिँदै सकारात्मक सुरुवातको योजनामा हुनेछ।

एनपीएलको उद्घाटन खेल हेर्न रंगशालामा दर्शक उपस्थित हुने क्रम जारी छ। खेलको टिकट आइतबार नै सोल्डआउट भएको थियो।

लुम्बिनीको प्लेइङ ११
रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, तिलकराज भण्डारी, आशिफ शेख, दीलिप नाथ, शेर मल्ल, निरोशन डिक्वेला, डार्सी सर्ट, स्याडली भ्यान, समिम हुसैन, किशोर महतो
सुदूरपश्चिमको प्लेइङ ११
दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अभिनाष बोहरा, सैफ जैब, ब्राण्डन म्याकमुलन, स्कट कुगेलेइन, शेरफेन रुथरफोर्ड










