एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो टीयू क्रिकेट मैदान (तस्बिरहरू)

सुशील श्रेष्ठ
२०८३ कात्तिक ८ गते १७:४२ | Oct 25, 2026
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो टीयू क्रिकेट मैदान (तस्बिरहरू)


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सोमबार सुरु हुँदैछ।

GBIME
Tata

एनपीएलका लागि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान तयार भएको छ। क्रिकेट मैदानको पिचदेखि प्यारापिटसम्म तयार भएको आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

एक महिनासम्म चल्ने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

एनपीएलको विजेताले डेढ करोड रुपैयाँ पाउने छने भने उपविजेताले ५० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ पाउनेछन्।

एनपीएलका लागि विश्वका चर्चित क्रिकेटर अनुबन्ध भएका छन्। एनपीएलमा विश्वका राम्रा खेलाडी ल्याउन फ्रेन्चाइजीले पनि ठूलै खर्च गरेका छन्।

एनपीएलका लागि डेभिड मिलर, डेभिड वार्नर, शाकिब अल हसन, मोइन खान, सिकन्दर राजा, आन्द्रे रसल, चरिथ असलंक, शेरफेन रदरफोर्ड, निरोसन डिकवेला लगायत विश्व चर्चित खेलाडी आएका छन्। विदेशी खेलाडीलाई फ्रेन्चाइजीले लाख होइन करोडमा अनुबन्ध गरेका छन्।