उपभोग गर्न नमिल्ने वस्तु नयाँ लेबल लगाएर बेच्दा तरुण एग्रोले तिर्नुपर्‍यो २ लाख जरिवाना

बिजमाण्डू
२०८३ असोज ३० गते १७:४२ | Oct 16, 2026
उपभोग गर्न नमिल्ने वस्तु नयाँ लेबल लगाएर बेच्दा तरुण एग्रोले तिर्नुपर्‍यो २ लाख जरिवाना


काठमाडौं। ललितपुरको बालकुमारीस्थित तरुण एग्रो प्रालि वाणिज्य आपूर्ति तथ उपभोक्ता संरक्षण विभागको कारबाहीमा परेको छ।

GBIME
Tata

विभागले शुक्रबार अनुगमनका क्रममा कैफियत देखिएको भन्दै २ लाख रुपैयाँ जरिवाना गरेको हो। उपभोग गर्न नमिल्ने वस्तुमा नयाँ लेबल लगाएर बिक्री गराएको भेटिएको छ।

विभागले ललितपुरकै मंगलबजारस्थित यल क्याफे डू टेम्पल रेष्टुरेन्टलाई २० हजार तथा मध्यपुर ठिमीस्थित दोलखा कालिन्चोक खाद्यान्न स्टोर र उदयपुर किराना पसललाई ५/५ हजार रुपैयाँ जरिवाना गरेको छ।