काठमाडौं। ललितपुरको बालकुमारीस्थित तरुण एग्रो प्रालि वाणिज्य आपूर्ति तथ उपभोक्ता संरक्षण विभागको कारबाहीमा परेको छ।
विभागले शुक्रबार अनुगमनका क्रममा कैफियत देखिएको भन्दै २ लाख रुपैयाँ जरिवाना गरेको हो। उपभोग गर्न नमिल्ने वस्तुमा नयाँ लेबल लगाएर बिक्री गराएको भेटिएको छ।
विभागले ललितपुरकै मंगलबजारस्थित यल क्याफे डू टेम्पल रेष्टुरेन्टलाई २० हजार तथा मध्यपुर ठिमीस्थित दोलखा कालिन्चोक खाद्यान्न स्टोर र उदयपुर किराना पसललाई ५/५ हजार रुपैयाँ जरिवाना गरेको छ।