काठमाडौं। सिद्धार्थ बैंकको चुक्ता पुँजी करिब डेढ अर्ब रुपैयाँ थपिएको छ।
बैंकको २५औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेसँगै बैंकको चुक्ता पुँजी १ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ थपिएको हो।
बैंकको चुक्ता पुँजी यसअघि १४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ थियो। बुधबार सम्पन्न साधारण सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सान विवरण र नगद प्रवाह विवरण स्वीकृत गरेको छ।
साधारण सभाले विके अग्रवाल एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गरेको छ।









