एनएमबि बैंकको लाभांश घोषणा, साधारण सेयरधनीलाई ७ प्रतिशत नगद प्रतिफल

बिजमाण्डू
२०८३ असोज २२ गते १०:५८ | Oct 8, 2026
एनएमबि बैंकको लाभांश घोषणा, साधारण सेयरधनीलाई ७ प्रतिशत नगद प्रतिफल


काठमाडौं। एनएमबि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कर प्रयोजनसहित ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

GBIME
Tata

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत र कम्पनीको साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।

बैंकले साधारण सेयरतर्फ लाभांश वितरणका लागि १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार रुपैयाँ छुट्याएको छ। अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गरेकाहरुले भने ८.२५ प्रतिशत लाभांश पाउनेछन्। यसका लागि १२ करोड २० लाख ५४ हजार रुपैयाँ छुट्याएको बैंकले जनाएको छ।