एनसेलका ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट, दुई जना जाँदा एकले पैसा तिरे हुने

बिजमाण्डू
२०८३ असोज २१ गते १८:१० | Oct 7, 2026
एनसेलका ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट, दुई जना जाँदा एकले पैसा तिरे हुने


काठमाडौं। एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा बाइ वान गेट वान अफर र विशेष छुटको लाभ लिन सक्ने भएका छन्। यस सम्बन्धमा एनसेल र ट्रान्क्विलिटी स्पाबीच सम्झौता भएको छ।

GBIME
Tata

एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडीस्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा बाइ वान गेट वान अफर पाउनेछन्।

यसले दुईजनालाई एकको मूल्यमा सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराउने एनसेलले जनाएको छ। एनसेलले जारी गरेको प्रेस नोट अनुसार एक्लै सेवा लिने ग्राहकले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन्।

९९ देखि ४९९ भन्दा कम मूल्यका प्याक वा प्लान उपभोग गर्ने ग्राहकले पनि विशेष लाभ पाउन सक्नेछन्।युवा तथा अन्य ग्राहकले स्पा सेवामा एकमुस्ट २० प्रतिशत छुट पाउनेछन् भने पर्यटकहरूले १० प्रतिशत छुट पाउनेछन्। 

‘हाम्रो ध्यान कनेक्टिभिटीमा मात्र सीमित नभई ग्राहकका लागि अर्थपूर्ण मूल्य सिर्जना गर्नमा केन्द्रित छ। वेलनेस अनुभवहरूलाई एनसेलको इकोसिस्टममा ल्याएर लाभहरूलाई थप सान्दर्भिक र पहुँचयोग्य बनाउने लक्ष्य हामीले राखेका छौँ। यो साझेदारीले ग्राहक संलग्नता बढाउने र एनसेललाई ग्राहकहरूको जीवनको अभिन्न अङ्ग बनाउने हाम्रो प्रतिबद्धता प्रतिबिम्बित गर्दछ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने।