एसियन गेम्समा नेपाली क्रिकेट : अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्यो, यस्तो छ प्लेइङ ११

बिजमाण्डू
२०८३ असोज ९ गते १०:४४ | Sep 25, 2026
एसियन गेम्समा नेपाली क्रिकेट : अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्यो, यस्तो छ प्लेइङ ११
टसका दौरान नेपाल र अफगानिस्तानका कप्तान। तस्बिर: क्यान


काठमाडौं। नेपाली क्रिकेट टोलीले अफगानिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। जापानमा जारी एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल अफगानिस्तानविरुद्ध खेल्न लागेको हो।

Vigo
GBIME
Tata

कोरोगी एथ्लेटिक पार्कमा अफगानिस्तानका कप्तान अब्दुल रसुलले टस जितेर ब्याटिङ रोज्दा नेपालले पहिला फिल्डिङ गर्नुपर्ने भएको हो। एसीसी प्रिमियर कपको च्याम्पियन बनेर जापान गएको नेपाली टोली दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिएको छ।

एसियन गेम्समा अन्य खेलको प्रदर्शन निराशाजनक रहँदा क्रिकेटबाट आशा गरिएको छ। हालसम्म नेपालले बक्सिङबाट एक काश्यपदक जित्दा महिला कबड्डीले पदक सुरक्षित गरिसकेको छ। उसको अझै खेल बाँकी छन्।

अफगानिस्तानविरुद्ध यस्तोछ नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, लोकेश बम, सन्दीप जोरा, ललित राजवंशी, करण केसी, सन्दीप लामिछाने