एमालेमा सन्यास लिएका नेतालाई ओलीले बनाए स्थायी कमिटी सदस्य, ईश्वर पनि मनोनीत

बिजमाण्डू
२०८३ असोज ८ गते १६:५३ | Sep 24, 2026
एमालेमा सन्यास लिएका नेतालाई ओलीले बनाए स्थायी कमिटी सदस्य, ईश्वर पनि मनोनीत


काठमाडौं। नेकपा एमालेले सक्रिय राजनीतिबाट सन्यास घोषणा गरेका नेतालाई पार्टीको स्थायी कमिटी सदस्य बनाएको छ।

Vigo
GBIME
Tata

एमालेले गत पुसमा सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका काशीनाथ अधिकारीलाई स्थायी कमिटी सदस्य बनाएको हो। अधिकारी गत मंसिरमा ११औं महाधिवेशन हुनुअघि संगठन विभाग प्रमुख थिए।

अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित ईश्वर पोखरेल र महासचिव नपाएपछि केन्द्रीय सदस्यमा चित्त बुझाएका प्रदीप ज्ञवाली पनि स्थायी कमिटी सदस्य बनेका छन्। महाधिवेशनमा ओलीले शंकर पोखरेललाई महासचिवमा दोस्रोपटक अगाडि सारेको झोकमा ज्ञवालीले पदाधिकारीमा उम्मेदवारी दिन अस्वीकार गरेका थिए।

पूर्वसभामुख देवराज घिमिरे, पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रिय सभाकी पूर्वउपाध्यक्ष विमला घिमिरे, लालबाबु पण्डित र थममाया थापा पनि स्थायी कमिटी सदस्य बनेका छन्।

पार्टी अध्यक्ष ओलीले स्थायी कमिटीमा मनोनीत गरिएका नेताको नाम केन्द्रीय कमिटीमा जानकारी गराएका छन्। बैठकले त्यसलाई अनुमोदन गरेको छ।