न्यूयोर्कमा भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता

बिजमाण्डू
२०८३ असोज ६ गते ०६:१४ | Sep 22, 2026
न्यूयोर्कमा भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता


काठमाडौं । अमेरिकाको न्यूयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेट भएको छ।

Vigo
GBIME
Tata

संयुक्त राष्ट्रसंघको ८१ औं महासभाका लागि न्यूयोर्क पुगेका खनाल र तोब्गेबीच साइडलाइन वार्ता सम्पन्न भएको हो। 

छलफलका क्रममा भुटानी प्रधानमन्त्रीले हालै नेपालमा गएको विनाशकारी बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका थिए।

सो भेटमा तोब्गेले नेपालप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित क्षेत्रको पुनर्निर्माण छिट्टै हुने आशा व्यक्त गरेका थिए।

त्यसक्रममा परराष्ट्रमन्त्री खनालले बाढीपहिरो लगत्तै भुटानबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए। उनले भुटानले देखाएको सहयोग र सद्भावको नेपाल सरकार र नेपाली जनताले उच्च मूल्यांकन गरेको बताएका थिए।

भेटका क्रममा दुवै देशबीच व्यापार, उड्डयन लगायत द्विपक्षीय हितका विविध क्षेत्रमा सहयोग विस्तार गर्नेबारे कुराकानी भएको थियो। साथै, दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा समेत छलफल भएको थियो।