जहाज ग्राउन्डेड भएपछि उडान तालिका दिनदिनै धकेल्दै एनएसी, कुन कुन गन्तव्यको सर्‍यो?

बिजमाण्डू
२०८३ भदौ ३१ गते १६:५९ | Sep 16, 2026
जहाज ग्राउन्डेड भएपछि उडान तालिका दिनदिनै धकेल्दै एनएसी, कुन कुन गन्तव्यको सर्‍यो?


काठमाडौं। ९एन-एएलवाई कलसाइनको वाइडबडी जहाज जापानको नारितामा ग्राउण्डेड भएपछि नेपाल वायुसेवा निगम (एनएसी)ले दिन दिनै उडान तालिका फेर्न थालेको छ।

Vigo
GBIME
Tata

एनएसीले बुधबार आधा दर्जन उडानको तालिका फेरेको छ। एनएसीले काठमाडौंबाट दुबई, दोहा र ग्वान्झाउ जाने तथा त्यहाँबाट फर्कने उडानको तालिका फेरेको हो।

बुधबारका लागि तय काठमाडौं-दुबई उडान बिहीबार राति २३:३० बजेका लागि सारिएको छ। यस्तै दुबई-काठमाडौं बिहीबारको उडान शुक्रबारका लागि धकेलिएको छ।

बिहीबारका लागि तय काठमाडौं-दोहा उडान शुक्रबारका लागि सारिएको छ। शुक्रबारका लागि तय दोहा-काठमाडौं उडानको समय पनि फेरिएको छ।

एनएसीले काठमाडौं ग्वान्झाउको शुक्रबारका लागि तय उडान आइतबारका लागि धकेलेको छ। एनएसीले सोमबार देखि नै उडान तालिका धकेल्दै आएको छ।