चिलिमेको सुरुङमा भेटियो तीन जनाको शव, सेनाले भन्यो- टनेलको माथिल्लो भागसम्मै पानी

बिजमाण्डू
२०८३ भदौ ३१ गते १६:५१ | Sep 16, 2026
चिलिमेको सुरुङमा भेटियो तीन जनाको शव, सेनाले भन्यो-  टनेलको माथिल्लो भागसम्मै पानी


काठमाडौं। चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव भेटिएको छ। भोटेकोशी नदीमा आएको बाढीले आयोजना क्षतविक्षत पारेको २२औं दिनमा सुरक्षाकर्मीको टोलीले सुरुङमा तीन जनाको शव फेला पारेको हो।

Vigo
GBIME
Tata

‘गोताखोरसहितको टोलीले टनेलको अन्तिम किनारासम्म खोजी कार्य गर्दा ३ वटा शव फेला पारेको छ,’ नेपाली सेनाले भनेको छ।

सुरक्षाकर्मीको टोली लेदो हटाउने क्रममा टनेलको करिब ७० मिटरमा भित्रदेखि पानी निस्किरहेको देखिएपछि पानी निस्किएको प्वालबाट प्रवेश गरी करिब १३० मिटरसम्म पुगेको थियो। पानीको सतह टनेलको माथिल्लो भागसम्म पुगेका कारण एक्साभेटर प्रयोग गर्न नसकिने अवस्था सिर्जना भएको सेनाले जनाएको छ।