भेन्चर हायर पर्चेज लिमिटेडको १०औं साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

बिजमाण्डू
२०८३ भदौ ३१ गते १४:३७ | Sep 16, 2026
भेन्चर हायर पर्चेज लिमिटेडको १०औं साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित


काठमाडौं। भेन्चर हायर पर्चेज लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

Vigo
GBIME
Tata

कम्पनीको साधारण सभाले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ११ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) २५.८७ रुपैयाँ र प्रति सेयर नेटवर्थ १६५.४७ रुपैयाँ छ। कम्पनीको चुक्ता पुँजी हाल ४४ करोड रुपैयाँ छ।

सर्वसाधारणका लागि ११ लाख कित्ता सेयर जारी गरी चुक्ता पुँजी ५५ करोड रुपैयाँ पुर्‍याउने कम्पनीको लक्ष्य छ। कम्पनीले आइपीओ निष्कासनका लागि गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनसहित अद्यावधिक प्रतिवेदन नेपाल धिताेपत्र बाेर्डमा बुझाइसकेको छ।

कम्पनीका अध्यक्ष निशान ढकालकाे अध्यक्षतामा सम्पन्न साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ।

साधारण सभा उद्‍घाटन सत्रमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, आइएमई ग्रुपका अन्य कम्पनीका अध्यक्ष, संचालक / कार्यकारी अधिकृतकाे समेत उपस्थिति थियाे।