मेडिक्वेस्टसँग व्यावसायिक यात्रा जोडिइन् अभिनेत्री वर्षा शिवाकोटी

बिजमाण्डू
२०८३ भदौ ३१ गते ११:०३ | Sep 16, 2026
मेडिक्वेस्टसँग व्यावसायिक यात्रा जोडिइन् अभिनेत्री वर्षा शिवाकोटी


अभिनेत्री वर्षा शिवाकोटी नेपालको डायग्नोस्टिक तथा क्लिनिकल ल्याब सेवाको क्षेत्रमा सक्रिय मेडिक्वेस्ट डायगोनिस्टिक लिमिटेडसँग ब्रान्ड फेसका रुपमा जोडिएकी छन्।

Vigo
GBIME
Tata

यो सहकार्यअन्तर्गत शिवाकोटीले मेडिक्वेस्टको ब्रान्ड प्रवर्द्धनसँगै मार्केटिङ, ब्रान्ड विकास तथा जनसम्पर्कसम्बन्धी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने जनाइएको छ। यससँगै उनी मेडिक्वेस्टको दीर्घकालीन व्यावसायिक यात्रासँग पनि जोडिएकी हुन्।

शिवाकोटीका लागि यो सहकार्य केवल एउटा ब्रान्ड एन्डोर्समेन्टमा सीमित नभई नयाँ व्यावसायिक यात्राको सुरुवातका रूपमा हेरिएको छ।

‘अभिनेत्रीका रूपमा मैले विभिन्न ब्रान्ड तथा संस्थासँग सहकार्य गर्ने अवसर पाएकी छु। तर, यसपटक म केवल ब्रान्डको अनुहारका रूपमा मात्र नभई संस्थाको विकास र यात्रासँग अझ नजिकबाट जोडिन चाहन्थेँ। स्वास्थ्यजस्तो संवेदनशील र महत्वपूर्ण क्षेत्रमा काम गर्ने संस्थासँग जोडिनु मेरा लागि नयाँ जिम्मेवारी र सिकाइको अवसर पनि हो,’ उनले भनिन्।

आफ्नो करियरमा आफूलाई अभिनेत्रीका रूपमा मात्र सीमित राख्नुभन्दा नयाँ क्षेत्रहरू सिक्ने र आफूलाई विस्तार गर्ने अवसरहरू खोजिरहेको उनको भनाइ छ। मेडिक्वेस्टसँगको यो सहकार्यले आफूलाई स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझ्ने र आफ्नो अनुभव तथा क्रिएटिभिटीलाई एउटा फरक क्षेत्रमा प्रयोग गर्ने अवसर दिएको पनि उनले बताएकी छन्।

उनका अनुसार भविष्यमा मनोरञ्जनसँगै व्यवसाय, ब्रान्ड विकास र उद्यमशीलताको क्षेत्रमा पनि आफ्नो भूमिकालाई विस्तार गर्दै लैजाने उनको योजना छ।