काठमाडौं। नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ अफर ल्याएको छ।
यस वर्षको दसैं, तिहार तथा छठको अवसरमा कम्पनीले उक्त अफर घोषणा गरेको हो। अफरअन्तर्गत ग्राहकले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप छुट तथा विभिन्न विशेष सुविधाहरू प्राप्त गर्न सक्ने बताइएको छ।
कम्पनीका अनुसार यस अफरअन्तर्गत ग्राहकले ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत ५ लाख रुपैयाँसम्मको नगद छुट जित्ने अवसर समेत पाउनेछन्।
यसका साथै, हुन्डाईले गाडी खरिदमा १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स र १ वर्षको निःशुल्क सडक कर पनि उपलब्ध गराएको छ।
हरेक हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। जसले ग्राहकलाई थप मूल्य, सुविधा र सहजतासहितको हुन्डाई स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ।











