काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा गरेको छ। आइतबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
बैंकले चुक्त्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
बैंकको चुक्ता पुँजी ५ अर्ब २ करोड रुपैयाँ छ। गतवर्ष यस बैंकले १३ प्रतिशत लाभांश वितरण गरेको थियो।










