तीजमा पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा, बिहान ७ बजेसम्म ९ हजार भक्तजनले गरे दर्शन

बिजमाण्डू
२०८३ भदौ २९ गते ०८:३७ | Sep 14, 2026
तीजमा पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा, बिहान ७ बजेसम्म ९ हजार भक्तजनले गरे दर्शन
पशुपतिनाथ मन्दिरमा सोमबार हरितालिका तिजका दिन पाशुपत परिसरमा सुरक्षा दिन खटिएका नेपाल प्रहरी। तस्बिर : हरिराम भेटुवाल/रासस


काठमाडौं। हरितालिका तीजको दिनमा आज पशुपति क्षेत्रको सुरक्षा व्यवस्था सामान्य छ। बिहान ३:१५ बजेदेखि चारवटै ढोका खुला गरिएकोमा बिहान ७ बजेसम्म करिब ९ हजार दर्शनार्थीले पूजाआजा गरेका छन्।

Vigo
GBIME
Tata

पशुपति क्षेत्रमा दर्शनका लागि करिब ३ हजार दर्शनार्थी लाइनमा छन्। प्रहरीले दर्शनार्थीको सहजताका लागि विभिन्न स्थानमा आवश्यक व्यवस्थापन मिलाएको छ।

प्रहरीले सूचना प्रवाह, खोज तथा उद्धार र परिवार पुनर्मिलनको सेवा पनि सञ्चालन गरेको छ। दर्शनार्थीको स्वास्थ्यलाई ध्यान दिँदै स्वास्थ्य शिविर तथा ट्राफिक व्यवस्थापनसमेत गरिएको छ।

सुरक्षा व्यवस्थापनका लागि सीसीटीभी र ड्रोनसहितका प्रविधिको प्रयोग गरिएको छ। सञ्चार प्रणालीसँगै सादा पोसाकका प्रहरी तथा वर्दीधारी महिला र पुरुष प्रहरी परिचालन गरिएको छ।

विपद् उद्धारमा खटिने प्रहरी टोलीलाई पनि पशुपति क्षेत्रमा परिचालन गरिएको छ। दर्शनार्थीको भीड व्यवस्थापन र सम्भावित जोखिम नियन्त्रणमा प्रहरी टोली सक्रिय छ।

सुरक्षा व्यवस्थापन दुई सिफ्टमा सञ्चालन गरिएको छ। त्यसका लागि २ हजार ५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ भने एक सिफ्टमा १ हजार २ सय ५० प्रहरी खटिएका छन्।