विनाशकारी बाढीबाट १२ बैंकका १७ वटा शाखा प्रभावित, क्षति ७२.४ करोड बराबरको

बिजमाण्डू
२०८३ भदौ २७ गते १४:१९ | Sep 12, 2026
विनाशकारी बाढीबाट १२ बैंकका १७ वटा शाखा प्रभावित, क्षति ७२.४ करोड बराबरको


काठमाडौं। रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्यांकन (आरडीएनए) प्रतिवेदनअनुसार ७२.४ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

Vigo
GBIME
Tata

जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा क्षति भएको छ। बैंकको एउटा शाखा ६५ करोड रुपैयाँको क्षति भएको छ। प्राधिकरणका अनुसार सिटिजन्स बैंकको एउटा शाखा प्रभावित हुँदा १ करोड ५६ लाखको क्षति भएको छ।

ग्लोबल आइएमई बैंकको एउटा शाखा प्रभावित हुँदा ११ लाख रुपैयाँको क्षति भएको छ। हिमालय बैंकको एउटा शाखा प्रभावित हुँदा ७५ लाख रुपैयाँको क्षति भएको छ।

लक्ष्मी सनराइज बैंकको एउटा शाखा प्रभावित हुँदा १ करोड १२ लाखको क्षति भएको छ। माछापुच्छ्रे बैंकको एउटा शाखा प्रभावित हुँदा ७५ लाख तथा नबिल बैंकको एउटा शाखा प्रभावित हुँदा ६३ लाख रुपैयाँको क्षति भएको छ। एनआइसी एसिया बैंकका तीन वटा शाखा प्रभावित हुँदा ८८ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकका तीन वटा शाखा प्रभावित हुँदा ४० लाखको क्षति भएको छ।

त्यसैगरी एनएमबि बैंकको एउटा शाखा प्रभावित हुँदा चार लाखको क्षति भएको छ। प्रभु बैंकका दुई वटा शाखा प्रभावित हुँदा ५३ लाखको क्षति भएको छ भने सानिमा बैंकको एउटा शाखा प्रभावित हुँदा ६३ लाखको क्षति भएको छ। प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय सेवामा क्षति पुगेको छ।

नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार वटा शाखामा ६७ करोड १३ लाख रुपैयाँको क्षति भएको छ। रसुवाको गोसाइकुण्ड गाउँपालिकामा ११ वटा शाखामा ४ करोड २३ लाख, रसुवाकै कालिका गाउँपालिकामा एउटा शाखामा २८ लाख, सोही जिल्लाको उत्तरगयामा एउटा बैंकको एउटा शाखा प्रभावित हुँदा ७५ लाख रुपैयाँको क्षति भएको छ।

उक्त रकमबाहेक पनि छुट्टै रु १९ करोड ५९ लाख क्षति भएको देखिएको छ। प्रतिवेदनअनुसार नुवाकोटको विदुरमा ६ करोड ४० लाख, रसुवाको गोसाइँकुण्डमा ९ करोड ५३ लााख, कालिका गाउँपालिकामा ७९ लाख र उत्तरगया गाउँपालिकामा ३ करोड २३ लाख रुपैयाँको क्षति भएको प्रतिवेदनमा छ।