चिलिमेको सुरुङमा जोड्ने पहुँचमार्ग निर्माण, उद्धारका लागि ठूला उपकरण पुर्‍याउन सकिने

बिजमाण्डू
२०८३ भदौ २६ गते २२:४६ | Sep 11, 2026
चिलिमेको सुरुङमा जोड्ने पहुँचमार्ग निर्माण, उद्धारका लागि ठूला उपकरण पुर्‍याउन सकिने


काठमाडौं। नेपाली सेना तथा सम्बद्ध निकायहरूको समन्वय र खटाइबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा सफलता हासिल भएको छ।

Vigo
GBIME
Tata

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्मको सडक सञ्जाल जोडिएको हो।

भौगोलिक चुनौतीका बीच साढे तीन दिनको अथक प्रयासपछि १ हजार ५० मिटर लामो ट्र्याक खोलिएको हो।

यसअघि साना हेलिकप्टरबाट मात्र पुग्न सकिने उक्त क्षेत्रमा स्याफ्रुबेँसीतर्फबाट सडक निर्माण सुरु गर्दा पहिले एक्स्काभेटर प्रयोग गरी ५५० मिटर बाटो तयार पारिएको थियो। तत्पश्चात् बाँकी रहेको पहाड चिर्न नेपाली सेनाले ९ पटक नियन्त्रित ब्लास्टिङ गरेको थियो। 

पहुँचमार्ग निर्माणसँगै चिलिमे जलविद्युत् आयोजनाको सुरुङको मुखसम्मै ठूला तथा भारी उपकरण र आवश्यक सामग्री पुर्‍याउन सम्भव भएको छ।