काठमाडौं। सरकारले घरजग्गाको कारोबार गर्न ११३ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशका विभिन्न स्थानमा सञ्चालित ११३ कम्पनीलाई घरजग्गा किनबेचका लागि लाइसेन्स दिने निर्णय गरेको हो। लाइसेन्स दिने निर्णय भएका कम्पनीमध्ये ५९ वटा काठमाडौं र २४ वटा ललितपुरका हुन्।
विभागका अनुसार ती कम्पनीले कानुनमा तोकिएको राजस्व बुझाएपछि लाइसेन्स पाउनेछन्। विभागले राजस्व बुझाउनका लागि शुक्रबार सूचना निकालेको छ।
घरजग्गा कारोबारका लागि लाइसेन्स वितरण गर्न विभागले गत साउन २१ गते २१ दिनको समय दिएर व्यवसायीहरुसँग आवेदन मागेको थियो। अनलाइनमार्फत आवेदन दिएकामध्ये ११३ कम्पनीलाई राजस्व रकम बुझाएपछि लाइसेन्स दिने निर्णय भएको विभागले जनाएको छ।










