काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र उद्यमी तथा व्यवसायीहरुबीच अहिले छलफल भइरहेको छ।
सिंहदरबारमा चलिरहेको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय संचालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल हुने बताइएको छ।
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहनेछ।








