काठमाडौं। भैरहवाको कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका १० स्थित कालिङ्गा क्यासिनोमा नेपाली नागरिक प्रवेश गराई जुवा खेलाइएको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका ७ का नारायण घर्ती, कास्कीको पोखरा महानगरपालिका १५ का रोशन केसी छन्। यस्तै कास्कीकै पोखरा महानगरपालिका १७, बिरौटाका सुदिप आचार्य तथा रुपन्देहीको बुटवल उपमहानगरपालिका ६ का रामु श्रेष्ठ छन्।
प्रहरीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ का चन्द्रप्रसाद श्रेष्ठ रहेका छन्। क्यासिनोका म्यानेजर हरियाणा भारतका पारस भाटियालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।









