विनोद कुँवर र उत्तर खत्रीलाई मन्त्रिपरिषद्‍ले गर्‍यो सचिवमा बढुवा, कसको पदस्थापना कहाँ?

बिजमाण्डू
२०८३ भदौ २५ गते १७:०३ | Sep 10, 2026
विनोद कुँवर र उत्तर खत्रीलाई मन्त्रिपरिषद्‍ले गर्‍यो सचिवमा बढुवा, कसको पदस्थापना कहाँ?


काठमाडौं। सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ।

Vigo
GBIME
Tata

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगको सिफारिसका आधारमा विनोद कुँवर र उत्तरकुमार खत्रीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार कुँवरलाई लुम्बिनी र खत्रीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ।