काठमाडौं। सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगको सिफारिसका आधारमा विनोद कुँवर र उत्तरकुमार खत्रीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
उनका अनुसार कुँवरलाई लुम्बिनी र खत्रीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ।