होल्डिङ सेन्टरमा बसिरहेका बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु



बिजमाण्डू
२०८३ भदौ २४ गते १४:२७ | Sep 9, 2026
होल्डिङ सेन्टरमा बसिरहेका बाढी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु
File Photo


भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भइ अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेकाहरुलाई उनीहरूको इच्छाबमोजिम अस्थायी बसोबासको व्यवस्थाका लागि सरकारले सर्वेक्षण सुरु गरेको छ।

Vigo
GBIME
Tata

आपतकालीन अवस्थामा उनीहरुका लागि होल्डिङ सेन्टर संचालन गरिँदै आइएको थियो। अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थाइ बसोबास व्यवस्था गर्न सर्वेक्षण सुरु भएको हो।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लाहरुमा टोली खटाएर ‘कोबो टुलबक्स’ प्रयोग गरेर ‘आवश्यकता मूल्यांकन फारम’ मार्फत सर्वेक्षण सुरु गरेको हो।

यसबाट प्रभावित व्यक्ति तथा परिवारहरूको विवरणका साथै घरको क्षतिको अवस्था (पूर्ण वा आंशिक), परिवारका दिवंगत वा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय वा भाडामा बस्ने उनीहरूको रुचि, जग्गाको उपलब्धता, स्थानान्तरणको उत्तम विकल्प, खानेपानी, सरसफाइको प्रबन्ध र अन्य थप आवश्यकताहरूबारे जानकारी तत्काल प्राप्त हुने बताइएको छ।

सर्वेक्षणले होल्डिङ सेन्टरमा रहेका प्रत्येक घरपरिवारको आवश्यकता पहिचान गर्दै सरकारलाई आफ्नो योजना कार्यान्वयन गर्न सहयोग गर्ने भनिएको छ।

एकहप्ताभित्र सर्वेक्षण सम्पन्न गर्ने गरि काम भइरहेको छ। यस लगत्तै होल्डिङ सेन्टरभन्दा बाहिर रहेका प्रभावित परिवारहरूको पनि यही फारम प्रयोग गरी सर्वेक्षण गरिने जनाइएको छ।