काठमाडौं। प्रतिनिधि सभाको अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन गरेको छ।
समितिको बुधबार बसेको बैठकले बाढीले अर्थतन्त्रमा परेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन र विश्लेषण गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुशील खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो।
उपसमितिमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य छन्। असोज २ गतेभित्र प्रतिवेदन पेस गर्ने गरी उपसमिति गठन गरिएको समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए।











