काठमाडौं। प्रभु बैंकका कर्मचारी र परिवारजनका साथै डेबिट तथा क्रेडिट कार्डबाहकहरूले न्यान्सी अटोमोबाइल्समा छुट पाउने भएका छन्।
बैंकले यस सम्बन्धमा न्यान्सी अटोमोबाइल्ससँग सम्झौता भएको जनाएको छ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी र तिनका परिवारजन तथा बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्र मोडलका गाडीहरू खरिद गर्दा मोडल अनुसार १ लाख ७५ हजारसम्म नगद छुट पाउने छन्।
उक्त सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकको सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुनले हस्ताक्षर गरेका छन्। यो सम्झौता ६ सेप्टेम्बर २०२७ सम्म लागू हुने बैंकले जानकारी दिएको छ।











