जेनजी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा रास्वपा सभापति लामिछानेले संसद्लाई सम्बोधन गर्ने



बिजमाण्डू
२०८३ भदौ २४ गते ०९:५८ | Sep 9, 2026
जेनजी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा रास्वपा सभापति लामिछानेले संसद्लाई सम्बोधन गर्ने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज (बुधबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। जेनजी विद्रोह वर्षदिन पुगेको तिथि पारेर सम्बोधन गर्न लागेका हुन्।

Vigo
GBIME
Tata

अघिल्लो भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा लामिछानेले सम्बोधन गर्न चाहेको संसद् सचिवालयले बताएको छ। लामिछानेले रास्वपा संसदीय दलका तर्फबाट बोल्न चाहेका हुन्।

लामिछानेले आन्दोलनको एक वर्ष पुगेको सन्दर्भका साथै भदौ १० गतेको रसुवा बाढीको विषयलाई समेत सम्बोधनमा समेटने तयारी गरेको रास्वपाका नेताहरुको भनाइ छ। सरकारले राहत तथा उद्धारमा ढिलाइ गरेको गुनासो छ।