युवा आन्दोलनको सम्झनामा जेनजी सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा



बिजमाण्डू
२०८३ भदौ २३ गते ०६:३५ | Sep 8, 2026
युवा आन्दोलनको सम्झनामा जेनजी सहिद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा


काठमाडौं । आजको दिनलाई जेनजी सहिद दिवसका रुपमा मनाउँदै सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

Vigo
GBIME
Tata

भ्रष्टाचार र सामाजिक संजाल प्रतिबन्ध विरुद्ध एक वर्षअघि आजकै दिन सडकमा उत्रिएका युवाहरु र त्यसपछि राज्यतर्फबाट भएको दमन र प्रदर्शनकारीको तर्फबाट भएको विध्वंसपछि नेपालको राजनीतिक इतिहास फेरि नयाँ मोडमा पुगेको थियो।

त्यसपछि बनेको अन्तरिम सरकारले गराएको निर्वाचनबाट चुनिएको बालेन्द्र शाह नेतृत्वको सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज सार्वजनिक बिदा दिएको हो।