काठमाडौं। अमेरिकी विदेशमन्त्री मार्को रुबिओले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सोमबार बिहान टेलिफोन संवाद गरेका छन्।
संवादका क्रममा रुबिओले भोटेकोशी बाढीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको रास्वपाले जानकारी दिएको छ।
रास्वपाका अनुसार रुबिओले बाढी प्रभावितका लागि थप सहयोग गर्न अमेरिका तयार रहेको पनि बताएका छन्।
बाढी प्रभावितहरूका लागि ३६ लाख डलर बराबरको सहयोग गर्ने घोषणा गरेको अमेरिकाले केही दिनअघि विशेष विपद् सामग्री, ५०० वटा प्राथमिक उपचार किट, स्ट्रेचर तथा फ्रन्ट-एन्ड लोडर उपलब्ध गराएको थियो।
रविओले बाढीमा परेकाहरूको खोजी उद्धार र राहतका लागि सरकारले आफूसँग उपलब्ध सबै स्रोतसाधन परिचालन गरेको भन्दै अमेरिकी सहयोगका लागि धन्यवाद दिए।











