क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना समातिए



बिजमाण्डू
२०८३ भदौ २१ गते ११:२२ | Sep 6, 2026
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना समातिए


काठमाडौं। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले क्यासिनोबाट प्रहरी र गाउँपालिका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ।

Vigo
GBIME
Tata

वीरगंज-१४ गण्डकमा रहेको क्यासिनोमा नेपालीहरु प्रवेश गराई खेल भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले  शनिबार राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेल छन्।

त्यस्तै पक्राउ पर्नेमा चन्दन सहनी र ओमप्रकाश बैठा छन्। त्यस्तै नेपालीलाई प्रवेश गराएर खेल खेलाएको अभियोगमा क्यासिनोका कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र  प्रदेशी साह पक्राउ परेका छन्।