काठमाडौं। नेपाल ‘ए’ ले न्युजिल्याण्ड ‘ए’ टोलीलाई २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ। अस्ट्रेलिया टुरका क्रममा रहेको नेपालले आज डार्विनमा न्युजिल्याण्डविरुद्ध सुरुवाती ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २११ रनमा अलआउट भएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि पवन सर्राफले सर्वाधिक ६१ रन बनाउँदा लोकेश बमले ४७, अनिलकुमार साहले २४ तथा मयन यादवले २० रन बनाए।
बलिङमा न्युजिल्याण्डका म्याथ्यु फिसरले सर्वाधिक ४ विकेट लिँदा केटिन क्लार्क र आदित्य अशोकले समान २ विकेट लिए।
न्युजिल्याण्डको टोली जवाफी ब्याटिङमा उत्रिएको छ। नेपाली सिनियर पुरुष टोली आजै एसीसी प्रिमियर कपमा साउदी अरबसँग प्रतिस्पर्धामा छ।











