एसीसी प्रिमियर कप: वाहीदको अर्धशतकले नेपालसामू साउदीको १ सय ९१ रनको लक्ष्य



बिजमाण्डू
२०८३ भदौ २१ गते १०:३१ | Sep 6, 2026
एसीसी प्रिमियर कप: वाहीदको अर्धशतकले नेपालसामू साउदीको १ सय ९१ रनको लक्ष्य
सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी। Photo: CAN via ACC


काठमाडौं। साउदी अरबले नेपालसामू १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। एसीसी प्रिमियर कप अन्तर्गत आज जारी खेलमा टस टस जितेर ब्याटिङमा उत्रिएको साउदी अरबले इनिङ्सको ४ बल बाँकी छँदा अलआउट हुँदै १ सय ९० रन बनाएको हो।

Vigo
GBIME
Tata

साउदीका लागि ओपनर अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाउँदा मोहम्मद अतिफले ३० तथा मोहम्मद हिसामले २८ रनको योगदान दिए।

बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३ विकेट लिए। किफायती बलिङ गरेका लामिछानेले आफ्नो स्पेल बलिङ गर्दै २ मेडन राख्दै मात्रै १९ रन दिएर ३ विकेट लिए। ऐरीले ४३ रन दिएर ३ विकेट लिए। त्यस्तै, ललित राजवंशीले २ तथा गुल्सन झा र शेर मल्लले समान १ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

समूह ‘ए’ मा नेपाल ४ अंकसहित शीर्षस्थानमा छ भने साउदी २ अंकसहित चौथो स्थानमा छ। समूहका पाँच टोलीमध्ये शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।