विराटनगर। पूर्वमन्त्री एवम् सेन्चुरी ग्रुपका अध्यक्ष मोती दुगडले भोटेकोशीको बाढीबाट पीडितका लागि १ करोड १ लाख रुपैयाँ बराबरको सहयोग गरेका छन्।
उद्योगी दुगडले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर ५१ लाख नगद र ५० लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेका हुन्।
पूर्वमन्त्री दुगडले यति बेला सबैले राजनीति र आपसी विमतिबाट माथि उठेर मानवताको कल्याण र उद्धारका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए।
दुगडले आफूले ५१ लाख नगद र ५० लाख बराबरको राहतसामग्री हस्तान्तरण गरेको जानकारी दिँदै मानवताको रक्षाका लागि देशका सबै नागरिक एक ठाउँमा आएर सहयोगका हात बढाउनुपर्ने उल्लेख गरे।











